नेपाली (Nepali)
नेपाली भाषामा अनलाइन सुरक्षा सल्लाह र संसाधनहरू खोज्नुहोस्।
इलेक्ट्रोनिक सुरक्षा आयुक्त (eSafety)
इलेक्ट्रोनिक सुरक्षा आयुक्त (eSafety) अनलाइन सुरक्षाको लागि अष्ट्रेलियाको स्वतन्त्र नियामक हो। हामी अष्ट्रेलियाको सरकारी निकाय हौं।
eSafety ले सबै अष्ट्रेलियालीहरूलाई अनलाइन हानिहरूबाट सुरक्षित राख्न मद्दत गर्दछ र सुरक्षित, थप सकारात्मक अनलाइन अनुभवहरू प्राप्त गर्ने तरिकाहरू प्रवर्द्धन गर्दछ। मानिसहरूले दुर्व्यवहार वा हानिको अनुभव गर्ने अनलाइन मंचहरू र फोरमहरूमा अष्ट्रेलियालीहरूलाई सुरक्षा दिने हामीसँग धेरैजसो कानुनी अधिकारहरू छन्।
eSafety सँग नि:शुल्क अनलाइन सुरक्षा कार्यक्रमहरू र संसाधनहरू पनि छन्।
eSafety ले गम्भीर हानिकारक अनलाइन सामग्री हटाउन मद्दत गर्न सक्छ। गम्भीर हानिकारक सामग्रीमा निम्न समावेश हुन सक्छन्:
- बालबालिकाको साइबर बुलिङ (धम्की)
- वयस्क साइबर दुरुपयोग
- देखाइएको व्यक्तिको सहमति बिना अन्तरंग चित्रहरु वा भिडियोहरू सेयर गरिनु
- अवैध र प्रतिबन्धित सामग्री।
उजूरी कसरी गर्ने भनेर जान्नको लागि यहाँ जानुहोस्eSafety.gov.au/report
eSafety मा उजूरी गर्न मद्दत चाहिएमा दोभाषेको लागि तपाईंले 131 450 मा अनुवादन र दोभाषे सेवा (Translating and Interpreting Service) लाई पनि फोन गर्न सक्नुहुन्छ।
तपाईंले यस पृष्ठको अंग्रेजीमा भएका भागहरू पढ्न गूगल अनुवादन सेवा प्रयोग गर्न सक्नुहुन्छ।
On this page:
Social media age restrictions
As of 10 December 2025, many age-restricted social media platforms must stop Australians under 16 from having accounts. This includes Facebook, Instagram, Kick, Reddit, Snapchat, Threads, TikTok, Twitch, X and YouTube. See the latest list.
Find resources in Nepali and learn more about the changes in our social media age restrictions hub.
Adult cyber abuse
वयस्क साइबर दुर्व्यवहार सटीक निर्देशिका
यो निर्देशिकाले वयस्क साइबर दुर्व्यवहार के हो, यदि तपाईंले यो अनुभव गर्नुभयो भने के गर्ने, र कसरी उजुरी गर्ने र मद्दत प्राप्त गर्ने भनेर व्याख्या गर्दछ।
Domestic and family violence
प्रविधिमा आधारित घरेलु, पारिवारिक तथा यौन हिंसाको सामना गर्ने
यो छोटो मार्गनिर्देशिकाले अनलाइन र डिजिटल प्रविधिलाई कसरी घरेलु, पारिवारिक तथा यौन हिंसाको हिस्साको रूपमा कसैलाई दुर्व्यवहार वा नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ भनेर वर्णन गर्दछ। यसमा कसरी लक्षणहरूको पहिचान गर्ने, रिर्पोट गर्ने र मद्दत प्राप्त गर्ने भन्ने कुराहरू समावेश गरिएका छन्।
Last updated: 11/12/2025