Need help dealing with violent or distressing online content? Learn more

तिनीहरूको समग्र हितका लागि अभियान: नेपाली (Nepali)

अस्ट्रेलियामा सामाजिक सञ्चारमा खाता खोल्न अब तपाईं 16 वर्ष वा सो भन्दा बढी उमेरको हुनुपर्छ। यो परिवर्तन 10 डिसेम्बर 2025 देखि सुरु भएको हो।

‘ तिनीहरूको समग्र हितका लागि (For the good of their wellbeing)’ नामक अभियानले परिवारहरूलाई नयाँ उमेर‑सम्बन्धी प्रतिबन्धहरू बुझ्न र तिनलाई सामना गर्न मद्दत गर्छ।  

सामाजिक सञ्चारमा खाता खोल्ने पहुँचमा गरिएको यो परिवर्तन साना बालबालिकालाई अनलाइनबाट हुने हानिबाट बचाउन र उनीहरूको मानसिक स्वास्थ्य तथा कल्याणलाई सहयोग गर्नका लागि योजना गरिएको हो।  

16 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्चारको खातामा पहुँच दिन किन ढिलाइ गरिएको छ?

सामाजिक सञ्चारको प्रयोगका केही फाइदाहरू भए पनि, जटिल सामाजिक सञ्चार वातावरणलाई सम्हाल्न आवश्यक सीप, अनुभव र बुझाइको अभावका कारण साना बालबालिकामा हानिको जोखिम बढ्न सक्छ। साथै, यसले उनीहरूको मानसिक स्वास्थ्य तथा समग्र कल्याणमा नकारात्मक प्रभाव पार्ने प्रमाण पनि छ।

सामाजिक सञ्चारको न्यूनतम उमेर सम्बन्धी परिवर्तनहरू तथा यसमा समावेश सामाजिक सञ्चार मंचहरूको विवरण जान्न, कृपया ‘सामाजिक सञ्चार उमेर प्रतिबन्ध (Social Media Age Restrictions)’ हबमा गई अङ्ग्रेजीमा उपलब्ध अद्यावधिक जानकारी र स्रोतहरू हेर्नुहोस्।

यी परिवर्तनसँग सामना गर्न अभिभावकहरू, हेरचाहकर्ताहरू तथा 16 वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई सहयोग गर्न, यस पृष्ठमा उपलब्ध अभियान सामग्री र अनुवादित स्रोतहरू तल स्क्रोल गरी हेर्न, पढ्न र डाउनलोड गर्न सकिन्छ।     

यो परिवर्तनको सामना गरिरहेका तपाईंको समुदायका साना बालबालिकाहरूलाई सहयोग पुर्‍याउन, कृपया यी सामग्रीहरू आफ्ना साथीहरू, परिवार, सहकर्मीहरू तथा समुदायका अन्य सदस्यहरूसँग साझा गर्न हामी प्रोत्साहित गर्छौँ।